BREAKING
तेर्से मा.वि.ले उचाल्यो मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ को उपाधि | ऎतिहासिक विशेष महाधिवेशनमा जुट्यो सिन्धु कांग्रेस,विशेष महाधिवेशनमा सहभागी हुन आह्वान | जहरसिंह पौवामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु | सिन्धुपाल्चोकका कफी उत्पादक किसानलाई प्राङ्गारिक चक्र प्रविधिसम्बन्धी तालिम | राप्रपा पाँचपोखरी थाङपालको अध्यक्षमा नातिकाजी सापकोटा | एमाले बागमती प्रदेश सचिवमा बालकृष्ण देउजा | महामन्त्रीमा निमा ग्याल्जेन शेर्पाको उम्मेदवारी घोषणा, कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउँने प्रतिबद्धता | हेलम्बुमा देखियो दुर्लभ सेतो रतुवा मृग | सिन्धुभ्याली क्याम्पसले सिन्धुबेल्टको प्रतिनिधित्व गर्दैन : वडा अध्यक्ष तामाङ | गुन्साका १६५ विद्यार्थीलाई न्यानो कपडा |

 

बागमती प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माणकार्य भइरहेको छाप भञ्ज्याङ (फट्केश्वर) सडकखण्डमा आज तीन मन्त्रीहरु सहितको टोलीले आकस्मिक छड्के अनुगमन गरेको छ ।
अनुगमन टोलीमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो ।

इन्द्रावती गाउँपालिकाको सन्देश

May be an image of one or more people and tree
भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोक, चौताराबाट ठेक्का आह्वान भई ८८सिम्रन–स्वराज जे.भी.८८मार्फत निर्माण भइरहेको सो योजनाको अनुगमनका क्रममा निर्माण कार्य मापदण्ड विपरीत, लापरबाहीपूर्वक र गुणस्तरहीन देखिएको भन्दै तत्काल कार्य रोक्न निर्देशन गरिएको छ ।
मन्त्रीहरूले कार्यालय प्रमुख प्रकाश पौडेल तथा प्राविधिक टोलीलाई साथमा लिएर भएको निरीक्षणमा प्राविधिक मापदण्डअनुसार गुणस्तरीय निर्माण सुनिश्चित गर्न कडाइका साथ निर्देशन दिनुभएको हो ।

May be an image of one or more people
सडक निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरहीन सामाग्रीको प्रयोग र कामको बेवास्ताप्रति कडा आपत्ति जनाउँदै मन्त्री कृष्णकुमार तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नागरिकहरूको अत्यन्तै महत्त्वपूर्ण यो सडक वर्षौँदेखि पक्कीरूपमा निर्माण हुन नसक्दा स्थानीयले ठूलो दुःख भोग्दै आएको बताउनुभयो । आफु निर्वाचित भएपछि निरन्तर बजेट व्यवस्थापन गर्दै बहुवर्षीय स्वीकृति ल्याएर ठेक्का प्रक्रिया पूरा गरिएको भन्दै अब लापरबाही कदापि सह्य नहुने चेतावनी दिनुभयो ।

उहाँले निर्माण व्यवसायी र कार्यालयका प्राविधिकहरूलाई गुणस्तरयुक्त, दीर्घकालीन र मापदण्डअनुसारको काम तत्काल सुरु गर्न स्पष्ट निर्देशन दिनुभयो ।

No photo description available.
यस सडक निर्माणले स्थानीय यातायात, स्वास्थ्य उपचार, कृषि उत्पादनको आपूर्तिसहित दैनिक जीवनमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। बागमती प्रदेश सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन भइरहेका पूर्वाधार योजनाहरू सार्वजनिक हित, पारदर्शिता र जिम्मेवारीपूर्ण गतिमा अघि बढ्नुपर्ने मन्त्रीहरूको कथन छ । सरकारको बजेटमा परि बहुवर्षीय स्वीकृति प्राप्त भई निर्माण सुरु भएको यो आयोजना अब नियमित अनुगमन, गुणस्तर परीक्षण र समयसीमा पालनासहित अघि बढाइने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय