BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची सिन्धुपाल्चोक । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा अग्नि कुमार दनुवार निर्वाचित भएका छन । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनले अग्नि कुमार दनुवारलाई सर्वसम्मत कार्यसमिति अध्यक्षमा निर्वाचित गराएको हो ।

सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा सिन्धुपाल्चोकको छैठौं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन मेलम्ची नगरपालिका उपप्रमुख श्री उमा प्रधानकाे प्रमुख आतिथ्तामा सम्पन्न भएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरिन ।

कार्यसमितिकाे अध्यक्षमा अग्नि कुमार दनुवार, उपाध्यक्षमा च्याङ्गा तामाङ, सचिवमा सुरज ढकाल र कोषाध्यक्षमा हिरा सिलवाल निर्वाचित भएका हुन । सदस्यहरु नवराज धिताल, सोनाम तामाङ, भवनाथ थापा, बुद्धि कृष्ण लामिछाने, चरित्र कुमार श्रेष्ठ, हिरालाल श्रेष्ठ, ठाकुर गिरि, राजेन्द्र कुमार भण्डारी गरि १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक उद्दब अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार १२ वटै पालिकाबाट केन्द्रीय प्रतिनिधिको रुपमा मेलम्ची नगरपालिका बाट हरि प्रसाद धिताल, बलेफि गाउँपालिकाबाट टिका सुवेदी, जुगल गाउँपालिका हिरा माया सिलवाल, बाह्रबिसे नगरपालिका भगवान थापा, सुनकोसी गाउँपालिकाबाट तेजबहादुर खत्री, भोटेकोसी गाउँपालिका चेङा तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका बम बहादुर राउत, चौतारा सांगाचाेकगढी नगरपालिका बाट नेत्र धिताल, इन्द्रावती गाउँपालिका उद्दव अधिकारी, पाँचपोखरी थाङ्पाल गाउँपालिका बाट नवराज धिताल, हेलम्बु गाउँपालिका बाट यम बहादुर ज्योति र लिसंखुपाखर गाउँपालिका बाट हिरालाल श्रेष्ठ छनौट भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय