BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।

राप्रपाको केन्द्रीय संसदीय समितिको निर्णयअनुसार जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले निर्वाचन क्षेत्र नं. २ अन्तर्गत उम्मेदवार सिफारिस गरेको हो।

कार्यसमितिको बैठक तथा छलफलपछि उम्मेदवारहरूको नामावली प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सिफारिस गरिएको पार्टीले जनाएको छ।

प्रत्यक्ष तर्फ एक नम्बरमा पशुपति शम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ । त्यस्तै कुमारी तामाङ, ई. गोपीकृष्ण चौलागाईं र देवराज गुरुङ पनि सिफारिसमा पर्नुभएको छ । राणा विगठित प्रतिनिधि सभाको हुनुहुन्थ्यो भने तामाङ हाल बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।  त्यस्तै इन्जिनियर चौलागाईं केन्द्रीय सदस्य (४० वर्षमुनि) हुनुहुन्छ भने गुरुङ क्षेत्रीय सचिव रहनुभएको छ।

यता समानुपातिकमा (खस/आर्य) तर्फ उदय सापकोटा, बाबुराम खड्का, अमरबहादुर पण्डित, चिरञ्जीवी खनाल र हरिनेपाल सिफारिस हुनुभएको छ। त्यस्तै आदिवासी जनजाति कोटामा नरसिंह श्रेष्ठ, गोविन्द गुरुङ, गोपाल श्रेष्ठ, शेष बहादुर तामाङ, हरि गुरुङ बहादुर तामाङ र अनिल तामाङ सिफारिस हुँदा समानुपातिक जनजाति महिलामा सम्झना भट्टराई माझी, हिरामाया तामाङ, सकुमाया गुरुङ र महिलातर्फ सुन्तली ढुंगेल तथा गोमा अधिकारी सिफारिस हुनुभएको छ ।

क्षेत्रीय अध्यक्ष कुमारी तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत उम्मेदवारहरूको नामावली जिल्लामा उक्त नामावली सिफारिस गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय