BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि आज शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पुल अनुमानित बजेट रु १ करोड २४ लाख मा सम्पन्न हुने जनाइएको छ।
यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखराको सहयोगमा अगाडि बढाइएको हो। पुल निर्माणका लागि वडा नम्बर ३ का तत्कालिन अध्यक्ष निमाछिरिङ तामाङ, वडा नम्बर ८ का अध्यक्ष बिष्णुबहादुर खड्का, वडा नम्बर ७ का अध्यक्ष सुके तामाङ को समन्वय तथा सहजीकरणमा बजेट व्यवस्थापन सफलतापूर्वक भएको थियो।
साथै कार्यक्रममा  स्थानिय युवा राजन भुजेल, निवर्तमान वडा नम्बर २ का अध्यक्ष पासाङ स्याङबो, तथा कार्यपालिका सदस्य गीता धितालको उपस्थिति रहेको गाउँपालिकाका कर्मचारी सरोज धितालले जानकारी दिनुभयो ।

May be an image of one or more people
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो दोस्रो कार्यकालभित्रै उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार निर्माण कार्य तीव्र गतिमा अगाडि बढिसकेको छ र चार महिनाभित्र पुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ।
पुल निर्माण सम्पन्न भएपछि वडा नम्बर ७ भोटेनाम्लाङ र वडा नम्बर ८ लाँगर्चे बीच सहज, सुरक्षित तथा नियमित आवतजावत सम्भव हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। लामो समयदेखि पुलको प्रतीक्षामा रहेका स्थानीय बाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूका लागि यो पुल महत्वपूर्ण र दीर्घकालीन पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय