BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको स्वर्गीय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको विशेष आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काको आतिथ्यमा स्वर्गीय तामाङको शालिक अनावरण गरिएको हो।


  1. शालिक अनावरण गर्दै नगर प्रमुख आइतमान तामाङले स्वर्गीय जस्पाल पाख्रीन तामाङ समाजसेवा, स्थानीय विकास र सामाजिक एकताका प्रतीक व्यक्ति भएको उल्लेख गर्नुभयो ।
    उहाँले स्वर्गीय बासाले समाजका लागि पुर्‍याएको योगदान आज पनि सबैका लागि प्रेरणाको स्रोत बनेको भन्दै स्मृतिलाई सम्मान गर्दै शालिक स्थापना गर्नु भविष्य पुस्तालाई मार्गदर्शन गर्ने काम भएको बताउनुभयो ।
    विशेष अतिथि निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले स्वर्गीय तामाङको योगदान केवल गुफाडाडा वा वडा नम्बर ९ मा मात्र सीमित नरहेको बताउनुभयो ।
    उहाँले देखाएको बाटो र समाजप्रतिको समर्पणले हामी सबैलाई सकारात्मक कामतर्फ अग्रसर हुन प्रेरित गर्ने भन्दै यस्तो स्मृति कार्यक्रमले सामाजिक एकतालाई थप बलियो बनाउँने बताउनुभयो ।
    कार्यक्रमका अध्यक्षसमेत रहनुभएका वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले स्वर्गीय जस्पाल पाख्रीन तामाङको सम्झनामा गरिएको शालिक स्थापना वडा र समुदायका लागि गौरवको विषय भएको बताउनुभयो ।
    वडाले जन्माएको एक कर्मशील व्यक्तित्वको योगदानलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउदै उहाँका असल कर्म र विचारलाई जोगाइराख्नु नै हाम्रो कर्तव्य भएको बताउनुभयो ।
    स्मृति सभामा स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, परिवारजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए । कार्यक्रम जस्पालका छोरो शेरपदोर्जे पाख्रीनको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय