BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । जरायटार साना किसान कृषि सहकारी संस्थाको ५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा मेलम्ची नगरपालिका–११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, प्रदेश कृषि सहकारी संघका सचिव, जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं, सचिव रामशरण गिरि लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि नगर प्रमुख तामाङले सहकारीलाई नीति तथा कानुनले मिलेसम्म नगरपालिकाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारीबाट ऋण लिने सदस्यहरूले समयमै किस्ता तिरे सहकारीलाई समस्याबाट जोगाउन सकिने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।


जिल्ला कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईंले सदस्यहरूले बीमा र बचतमार्फत जोखिम व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सहकारीसँग सम्बन्धित विविध जानकारी प्रदान गर्नुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन प्रबन्धक नन्दप्रसाद चालिसेले प्रस्तुत गर्नुभयो । सहकारीमा हाल १ हजार १ सय ५४ जना सदस्य रहेको प्रबन्धक चालिसेले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा सहकारीले १३ प्रतिशत सेयर बोनस वितरण गरेको पनि जनाइएको छ ।
यस्तै, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कौसिला ढकालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य टिकादत्त धितालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय