BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १ भोटेचौरकी स्थायी बासिन्दा तथा हाल चन्द्रागिरि नगरपालिका–बलम्बुमा बस्दै आएकी शर्मिला पौडेल नेपालकै पहिलो स्पिकिङ रियालिटी शो “द स्पिकिंग टाइटन” मा वाइल्ड कार्ड इन्ट्रीमार्फत टप–१० मा स्थान बनाउन सफल भएपछि उनको समर्थनमा वडा स्तरबाट विशेष पहल सुरु गरिएको छ।


देशभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै डिजिटल अडिसन, फिजिकल अडिसन, सर्भाइभल स्टेजलगायतका कठिन चरणहरू पार गर्दै पौडेल उत्कृष्ट–५०, ३०, २० र १५ हुँदै वाइल्ड कार्डमार्फत उत्कृष्ट–१० मा पुग्न सफल भएकी हुन्। उनलाई अब टप–५ मा पुर्‍याउनका लागि भोटिङ खुला भएसँगै वडा नं. १ भोटेचौरबाट सामूहिक रूपमा भोट माग्ने अभियान अघि बढाइएको छ।
मेलम्ची नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाइँ ले भोटेचौरको पहिचान राष्ट्रिय स्तरमा चिनाउन सफल भएकी शर्मिला पौडेललाई सबैले आ–आफ्नो तर्फबाट भोट गरी सहयोग गर्न अपिल गर्नुभएको छ। “हाम्रो वडाकी छोरीले राष्ट्रिय मञ्चमा पुगेर जिल्लाकै शिर उच्च बनाएकी छन्, अब उनलाई टप–५ सम्म पुर्‍याउनु हामी सबैको दायित्व हो,” भन्दै वडा अध्यक्ष चौलागाइँले सम्पूर्ण स्थानीयवासी, शुभेच्छुक तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई भोट गर्न आग्रह गर्नुभएको छ।
शैक्षिक पृष्ठभूमिमा पनि उत्कृष्ट रहेकी पौडेलले भक्तपुरस्थित मेधा माविबाट वि.सं. २०७१ मा एसएलसी उत्तीर्ण गरेकी हुन् भने वि.सं. २०७० मा स्टुडेन्ट अफ द इयर अवार्ड प्राप्त गरेकी थिइन्। कक्षा ५ देखि नै वक्तृत्वकला, वादविवाद र निबन्ध लेखन प्रतियोगितामा सक्रिय रहँदै जिल्ला स्तरीय विभिन्न पुरस्कार, ट्रफी र मेडल जितेकी उनी वि.सं. २०७४ मा विज्ञान संकायबाट +२ तथा सन् २०२२ मा त्रिचन्द्र मल्टिपल क्याम्पसबाट बीएससी उत्तीर्ण गरेकी छन्।
शिक्षण पेशामा सक्रिय पौडेलले कलंकीस्थित सुन्दरवन स्कुल अफ साइन्स, धुंगेधारास्थित विभूति विद्या मन्दिरमा अध्यापन गरिसकेकी छन् भने हाल सातदोबाटोस्थित युनाइटेड युनिभर्सल स्कुलमा कक्षा ९ सम्म विज्ञान विषय पढाइरहेकी छन्।
दामी मिडियाको आयोजनामा सञ्चालन भइरहेको “द स्पिकिंग टाइटन” ओएसआर रियालिटी युट्युब च्यानल र एपी १ एचडी टेलिभिजनमार्फत प्रत्येक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ। कार्यक्रममा पत्रकार दिल भुषण पाठक, पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा र इ–क्यान अध्यक्ष शेषराज भट्ट निर्णायकका रूपमा छन् भने कार्यक्रमको होस्ट प्रेरक वक्ता सौनक भट्ट रहेका छन्।
शर्मिला पौडेललाई टप–५ मा सुरक्षित गर्न भोटिङ सोमबार पौष ७ गते राति १० बजेदेखि पौष १४ गते राति ८ बजेसम्म खुला गरिएको छ।
भोट गर्नका लागि Google/Chrome मा AVENTOZ.COM टाइप गरी Voting → The Speaking Titan → Sharmila Poudel छानेर QR Scan गरी भोट गर्न सकिनेछ।
वडा नं. १ भोटेचौरसहित सम्पूर्ण शुभेच्छुकहरूले भोट गरी शर्मिला पौडेललाई टप–५ सम्म पुर्‍याउन सहयोग गर्नुपर्नेमा स्थानीयवासीहरूले जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय