BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

पाँचपोखरी थाङ्पाल गाउँपालिका ५–गुन्सामा रहेको श्री कुम्भेश्वरी आधारभूत विद्यालयका १६५ जना विद्यार्थीका अनुहारमा खुसी छाएको छ । जाडोको कठ्याङ्ग्रिने मौसममा न्यानो ट्रयाकसुट वितरण भएपछि विद्यालय परिसर बालबालिकाको मुस्कानले भरिएको छ ।


बागमती प्रदेशका सांसद तथा पूर्व मन्त्री युवराज दुलालले एक विशेष कार्यक्रमका बीच विद्यार्थीहरूलाई न्यानो ट्रयाकसुट हस्तान्तरण गर्नुभयो । दुर्गम क्षेत्रमा शिक्षा हासिल गरिरहेका बालबालिकाको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको यो सहयोगले शिक्षा प्रतिको सामाजिक जिम्मेवारीलाई थप मजबुत बनाएको छ ।
कार्यक्रममा सांसद दुलालले चिसोले गर्दा कुनै पनि बालबालिकाको पढाइ रोकिन नहुने बताउनुभयो । यदि कसैलाई विद्यालय जान समस्या छ भने हामी अभिभावकको भूमिकामा साथ दिन तयार छौं,” उहाँले भन्नुभयो ।
उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन आग्रह गर्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राखेर स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सांसद दुलालले यस सहयोगमा साथ दिने महेन्द्र घोरासैनी, काभ्रेका विष्णु गौतम, बाराका विनोद प्रसाद गुप्ता तथा धर्मसागर ढकालप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।


दुलालले आफुले गरेको आग्रहमा आएको सहयोगले आज नानीहरूको जाडोमा सहज भएको बताउनुभयो ।
उहाँले विगतमा आफू सामाजिक विकास मन्त्री हुँदा गाउँपालिकाकै नमुना विद्यालयका लागि जग्गा प्राप्तिदेखि पूर्वाधार निर्माण, बजेट व्यवस्थापन तथा विद्यालय बसको व्यवस्था गरिएको स्मरण गराउँदै शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढ बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय प्रशासनले यस सहयोगले विद्यार्थीको नियमित उपस्थिती र अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा वडा अध्यक्ष काले गोले, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
जाडोको चिसोबीच न्यानो कपडासँगै आएको यो सहकार्यले गुन्साका बालबालिकाको जीवनमा आशा र आत्मविश्वास थपेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय