BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

मेलम्ची नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सन्जीव तामाङले सिन्धुभ्याली क्याम्पसले सिन्धुबेल्ट्को प्रतिनिधित्व नगर्ने बताउनुभएको छ । काठमाडौको सिमामा रहेको क्याम्पसको नामनै भोटेचौर क्याम्पस राख्न चुनौती दिनुभयो । आज कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको बार्षिकोत्स्व कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले क्याम्पसको नाम नै परिवर्तन गर्न सुझाव दिनुभयो ।
उहाँले सिन्धुबेल्टको विद्यार्थीलाई समेट्नेगरी सेण्टरमा क्याम्पस राख्न जोडदार माग गर्नुभयो । विद्यार्थी काठमाडौ पलायन भए भन्ने अनि किन पलायन भए भनेर कारण नखोजिदा अहिले विद्यार्थीले निर्धक्क पढ्न नपाएको बताउनुभयो । अध्यक्ष तामाङले क्याम्पसको परिक्षा यहीँ हुनेगरी नितिगत रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । स्वास्थ्य चौकी र हस्पिटल छुट्टाछुट्टै भएकाले पिप्लेको स्वास्थ्य चौकी यथास्थानमा राख्न आफु जस्तोसुकै परिस्थिति संग जुध्न तयार रहेको बताउनुभयो । नगर अस्पताल संचालन गर्ने कुरा खुशीको कुरा भएपनि स्वास्थ्य चौकी सार्ने कुराले अहिले आफ्नो नगरपालिका संग मनमुटाव सिर्जना भएको समेत अध्यक्ष तामाङले उद्घोष गर्नुभयो । उहाँले भोलिका दिनमा आफुले बोलाएको अवस्थामा सडकमा उत्रीन समेत आह्वान गर्नुभयो ।
विद्यालयले भब्य कार्यक्रम गरेकाले कार्यक्रम सफल बनाउन लागी पर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यालयको छात्राबास निर्माण,खेलमैदान, विद्यालयको वरिपरि पक्की वाल निर्माण गर्नुपर्ने भएकाले नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । वडाको मात्र बजेटले नपुग्ने भएकाले नगरपालिका, प्रदेश र अन्य निकायलाई ध्यानाकर्षण गर्नपरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय