BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मकैको खोस्टा जस्ता खेर जाने स्थानीय कच्चा पदार्थको प्रयोग गरी घरायसी सामग्री निर्माण गर्ने उद्देश्यले बलेफी गाउँपालिका वडा नम्वर –६ मा सञ्चालन गरिएको १० दिने तालिम सम्पन्न भएको छ । उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न तालिमपछि सहभागीहरूले यसलाई व्यावसायिक रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

तालिममा सहभागी नारायण तिमल्सिनाले यसअघि मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन सकिन्छ भन्ने जानकारी नै नभएको बताउँदै अब सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउने योजना रहेको जानकारी दिनुभयो । उहाँले अझ स्तरीय र उन्नत तालिमको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले स्थानीय स्रोतसाधनको उपयोग गर्दै सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले स्थानीय स्तरमै उपलब्ध सामग्रीको प्रयोगबाट उत्पादन सुरु गर्न सके स्वरोजगारीका अवसर सिर्जना हुने धारणा राख्नुभयो ।

तालिममा सहभागीहरूलाई मकैको खोस्टाबाट बुकी, ढकी, किरिङ, चकटीलगायत विभिन्न घरायसी सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो। प्रशिक्षक रिता गाहाले तालिममार्फत व्यावहारिक सीप हस्तान्तरण गरिएको र यसले स्थानीय स्तरमै रोजगारी तथा आयआर्जनका अवसर विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

बलेफी गाउँपालिका वडा नम्वर –६ का वडा अध्यक्ष तेजबहादुर पराजुलीले स्थानीय अवसर र कार्यक्रममा स्थानीय सामग्रीकै प्रयोगलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले पाहुना तथा अतिथि सत्कारका क्रममा पनि यस्ता सामग्री प्रयोग गरिने जानकारी दिनुभयो ।

स्थानीय कच्चा पदार्थको प्रयोग, सीप हस्तान्तरण, स्थानीय उत्पादन र उपभोगमार्फत स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो तालिमले बलेफी क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय