BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएसँगै सिन्धुपाल्चोक कांग्रेस सभापति जंगबहादुर लामाले खुशी व्यक्त गर्नुभएको छ । आयोगको निर्णयलाई ऐतिहासिक भन्दै उहाँले अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर नविन कांग्रेस निर्माणमा लाग्न आग्रह गर्नुभएको हो ।
शुक्रबार आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय सार्वजनिक गरेलगत्तै प्रतिक्रिया जनाउँदै सभापति लामाले यो निर्णयले कांग्रेसभित्र पुस्तान्तरणको अभियानलाई औपचारिक पुष्टि गरेको बताउनुभयो । “विशेष महाधिवेशनमार्फत व्यक्त भएको बहुमतको आवाजलाई आयोगले सम्मान गरेको छ,” उहाँले भन्नुभयो ।
सभापति लामाले यसअघि विशेष महाधिवेशन गराउन नेतृत्वदायी भूमिका निभाउँदै हस्ताक्षर संकलन गरी बुझाउनुभएको थियो । साथै विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि सिन्धुपाल्चोकका महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा कांग्रेस शुभचिन्तकहरूलाई निरन्तर आह्वान गर्दै आउनुभएको थियो ।
काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूले गगनकुमार थापालाई सभापतिमा चयन गरेका थिए । सोही महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले सबै आवश्यक कागजात अध्ययनपछि आधिकारिकता दिएको जनाएको छ ।
सभापति लामाले अब सिन्धुपाल्चोक कांग्रेसलाई अझ दरिलो, भरोसायोग्य र विश्वासिलो पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र जनताको विश्वास जित्न केन्द्रित भएर अघि बढ्ने बताउनुभयो । यो जित व्यक्ति विशेषको मात्र नभई विचार, पुस्तान्तरण र परिवर्तन चाहने सम्पूर्ण कांग्रेसजनको भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय