BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

इन्द्रावती गाउँपालिकाले अनलाइन सञ्चारमाध्यममार्फत प्रकाशित भएको भ्रामक तथा तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाइ इन्द्रावती गाउँपालिकाका अध्यक्ष नेपालध्वज नेपालमाथि उपभोक्ता समितिको नाममा ३३ लाख ४२ हजार रुपैयाँको घोटाला भएको भनी प्रकाशित समाचार पूर्णतः गलत, भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेको छ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा अध्यक्ष नेपाल, उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता प्रशान्त आचार्य तथा प्रमुख प्रशासकीय अधिकृत समेतलाई लक्षित गरी व्यक्तिगत, सामाजिक तथा राजनीतिक जीवनमा आँच पुर्‍याउने उद्देश्यले समाचार प्रकाशित गरिएको उल्लेख छ। समाचारको शीर्षक र प्रस्तुत तथ्य एकआपसमा मेल नखाने तथा पत्रकारिताको मर्म र धर्मविपरीत सामग्री प्रकाशन गरिएको भन्दै गाउँपालिकाले कडा आपत्ति जनाएको छ।


विज्ञप्तिमा गाउँपालिकाले कानुन, नीति र प्रक्रियाभित्र रहेर आर्थिक कारोबार हुँदै आएको, पालिकाको स्रोतसाधन अवैध दोहन वा दुरुपयोग गरिएको भन्ने आरोप निराधार रहेको उल्लेख गरिएको छ। साथै, महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएका सुझाव र कैफियतहरू कार्यान्वयनका लागि समयमै सुधारका कदम चालिएको गाउँपालिकाको दाबी छ।


गाउँपालिकाले सम्बन्धित अनलाइन मिडियाले समाचार प्रकाशित गर्नु अघि कम्तीमा एकपटक सरोकारवाला पक्षसँग बुझ्नुपर्ने सामान्य पत्रकारिताको आचारसंहिता समेत पालना नगरेको जनाएको छ। यस्ता गलत समाचारले पालिकाको छवि र प्रतिष्ठामा आघात पुग्ने भन्दै उक्त समाचार तत्काल हटाई सार्वजनिक रूपमा खण्डन गर्न माग गरिएको छ।
इन्द्रावती गाउँपालिकाले यस्ता भ्रामक समाचारप्रति सचेत रहन नागरिकहरूलाई आग्रह गर्दै, भविष्यमा पनि गलत समाचार प्रकाशन भए कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय