BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

कहिले बाढी त कहिले भूकम्पका कारण पटक–पटक ठूलो भौतिक क्षति भोग्दै आएको सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि विकासका नाममा आश्वासन मात्र सीमित रहँदै आएको गुनासोबीच अहिले बागमती प्रदेश सरकारबाट ठोस बजेटसहितका योजनाहरू कार्यान्वयनमा आउन थालेका छन्।
निर्वाचनका समयमा जिल्लावासीलाई अनेक प्रतिबद्धता जनाइए पनि व्यवहारमा देखिने विकास हुन नसकेको विगतको अवस्थालाई तोड्दै, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय **कृष्णकुमार तामाङ ‘समिर’**को वर्तमान कार्यकालमा सिन्धुपाल्चोकमा बहुप्रतिक्षित भौतिक पूर्वाधार निर्माणका लागि उल्लेखनीय बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारबाट सिन्धुपाल्चोक जिल्लामा तत्काल आवश्यक ठहरिएका योजनाहरूमा मन्त्री तामाङको पहलमा पक्की र झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिँदै करोडौँ रुपैयाँको बजेट छुट्याइएको हो। यसअघिका कार्यकालमा ध्यान नपुगेका वा पहल नै नभएका योजनाहरू अहिले कार्यान्वयनको चरणमा पुगेका छन्।
विनियोजित बजेटअनुसार मेलम्ची नगरपालिका वडा नं. ११ र ७ जोड्ने मेलम्ची फट्टे पक्की मोटर पुल निर्माणका लागि ३४ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै हेलम्बु गाउँपालिका वडा नं. १ स्थित चोक्पु खोलामा पक्की पुल निर्माणका लागि ९ करोड ९२ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
त्यसैगरी थापाटार–पिप्लेचौर–भाङटार क्षेत्र जोड्ने मेलम्ची खोला झोलुङ्गे पुल निर्माणका लागि ३ करोड ५ लाख रुपैयाँ तथा इन्द्रावती गाउँपालिका वडा नं. ११ र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ जोड्ने बिसदेउटार–करेसेडाँडा झोलुङ्गे पुल निर्माणका लागि १ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्री तामाङको कार्यकालमा यस्ता विकासका योजनाहरू सिन्धुपाल्चोकमा मात्र सीमित नरही बागमती प्रदेशका सबै जिल्लामा समान रूपमा विस्तार गरिएको प्रदेश सरकारको भनाइ छ। भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै गरिएको बजेट विनियोजनले स्थानीय तहमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउन थालेको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
स्थानीयवासीका अनुसार लामो समयपछि जिल्लामा देखिएको योजनाबद्ध बजेट विनियोजन र कार्यान्वयनले अब आश्वासनभन्दा बाहिर निस्केर वास्तविक विकास सुरु भएको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय