BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा कृषकको उत्पादनलाई सहज रूपमा बजारसम्म पु¥याउने उद्देश्यसहित कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। हेलम्बु गाउँपालिकाको सहकार्य तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सुरु गरिएको उक्त सेवाले स्थानीय किसानलाई उत्पादनदेखि बजारीकरणसम्म प्रत्यक्ष सहयोग पु¥याउने विश्वास लिइएको छ ।
कृषि उत्पादनका क्रममा ढुवानीको अभाव, समयमै बजार नपुग्दा हुने क्षति र त्यसबाट किसानले भोग्दै आएको आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्न कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ । सेवामार्फत किसानको खेतबारीबाटै कृषि उपज संकलन केन्द्र, हाटबजार तथा स्थानीय तथा बाह्य बजारसम्म सहज रूपमा ढुवानी गरिने व्यवस्था गरिएको छ ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले कृषि एम्बुलेन्स सेवा किसानमैत्री कार्यक्रम भएको बताउनुभयो । उहाँले हेलम्बु गाउँपालिकाको मुख्य आधार कृषि भएकाले किसानले उत्पादन गरेको उपज ढुवानीको अभावमा खेर जाने अवस्थालाई अन्त्य गर्न कृषि एम्बुलेन्स सेवा सुरु गरिएको बताउनुभयो । यस सेवाले किसानलाई समयमै बजारसँग जोड्दै उचित मूल्य दिलाउन सहयोग उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, किसानको आयआर्जन वृद्धि तथा कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
यसैगरी, जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत किसानको क्षमता अभिवृद्धि र सशक्तीकरणमा निरन्तर योगदान पु¥याउँदै आएको बताइएको छ ।
थानीय तह र सहयोगी संस्थाको सहकार्यमा सुरु गरिएको कृषि एम्बुलेन्स सेवाले हेलम्बु क्षेत्रका कृषकलाई बजारसँग जोड्दै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय