BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

थाइल्याण्डको बैंककमा आयोजित थाइल्याण्ड कराते कप-२०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छन् ।
८० केजी माथिको विधामा सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण र मेलम्चीकी निरमाया तामाङले ५० केजी तौलमा रजत पदक प्राप्त गर्नुभएको हो। प्रतियाेगितामा भारत, बंगलादेश लगायत ९ देशका खेलाडी सहभागी थिए ।


फेब्रुवरी १५ तारिखदेखि बैंककमा भएको थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप कप २०२६ मा नेपालले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक प्राप्त गरेको थियो ।जसमा मिङमार तामाङ एक स्वर्ण ८० केजीमाथि, विवेन्द्र तामाङ एक स्वर्ण ५५ केजी, सुशील लामा एक रजत ५५ केजी, निरमाया तामाङ एक रजत ५० केजी (निरमाया इन्द्रेश्वरी माबि मेलम्चीमा कक्षा १० मा अध्यनरत हुनुहुन्छ), सुदर्शन बन्जारा एक कास्य ८० केजीमाथि समूह रहेका छन् ।
नेपाली टिममा दिपक तितुङ्ग, टिम म्यानेजर आइतेराम थिङ, कुमुते कोच रामनारायण श्रेष्ठ, काता कोच निमा तामाङ, अफिसियल जानुका देवीमगर, रेफ्री चित्रप्रसाद श्रेष्ठ, रेफ्री अंकध्वज मोते रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय