BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानीय तहमा मतदाता भेटघाट, घरदैलो कार्यक्रम, सभासम्मेलन तथा जनसंवाद कार्यक्रममार्फत उनले प्रचार अभियानलाई व्यापक बनाएका छन्।
यसअघि पाँचपोखरी थाङ्खल गाउँपालिका र हेलम्बु गाउँपालिकामा चुनावी प्रचारप्रसार सम्पन्न गरेका तामाङले आजदेखि इन्द्रावती गाउँपालिकामा प्रचार अभियान सुरु गरेका छन्। पाँचपोखरी र हेलम्बुमा स्थानीय जनताको अपार माया, समर्थन र उत्साहजनक सहभागिता पाएको बताउँदै उनले जनतासँग प्रत्यक्ष संवादमार्फत आगामी योजनाहरू र विकासका प्रतिबद्धताहरू प्रस्तुत गरेका छन्।
इन्द्रावती गाउँपालिकामा पनि उनलाई स्थानीय बासिन्दा, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन्। प्रचारप्रसारका क्रममा विकास, रोजगारी, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रचारप्रसार कार्यक्रममा सहभागी एक नेकपा एमालेका नेताका अनुसार अहिले क्षेत्र नम्बर २ मा अत्यन्त सौहार्दपूर्ण र उत्साहजनक माहोल रहेको छ। जनताको व्यापक समर्थन र सकारात्मक वातावरणका कारण यसपटक शेरबहादुर तामाङले निर्वाचनमा आफ्नो जित पक्का रहेको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय