BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेपाली कांग्रेस मेलम्ची नगर कार्य समितिद्वारा आयोजित मेलम्चीमा आयोजना कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का उम्मेदवार वंशलाल तामाङले मेलम्चीलाई सुन्दर मेलम्ची बनाउने र भूकम्पबाट बाढी पहिरोबाट क्षति भएका संरचनाहरूलाई निर्माण गरी मेलम्ची हुँदै जाने सम्पूर्ण सीमा क्षेत्रहरूको पुल निर्माण र हेलम्बुलाई पर्यटकीय स्थान बनाउन आफू अनवरत रुपमा रहने प्रतिबद्धता गरेका छन्।


उम्मेदवार तामाङले इन्द्रावती गाउँपालिकालाई जस्तै सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ लाई देशैभरि चिनाउने र विकासका लागि कुनै पनि क्षेत्रमा कमी हुन नदिन आफू निरन्तर लागिरहने प्रतिबद्धता दिएका छन्। कार्यक्रममा उद्घोष गर्दै तामाङले भने मेलम्ची लगायत यस दुई नम्बर क्षेत्रका सबै क्षेत्र हरूमा विद्यालयदेखि किसानहरूलाई समेत सम्बोधन गर्दै सबै क्षेत्रमा आफूले सकेजतिको पहल गरी एकै प्रकारका विकास हुने प्रतिबद्धता जनाएका छन्। सबै क्षेत्रमा एकै किसिमको विकास गराउन र गर्नका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई अत्याधिक बहुमतले विजय गराई एकपटक विकास गर्ने अवसर दिनुहुन सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का जनतालाई आह्वान गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय