BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सुकुटे । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको शैक्षिक स्थिति हेर्दा संस्थागत विद्यालयले उत्कृष्ट अंक ल्याउन सफल भएको बताएका छन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल सिन्धुपाल्चोकको वार्षिक साधारणसभामा मन्तब्य राख्दै उनले आफुले कहिल्यै पनि संस्थागत र सामुदायिक विद्यालय भनेर विभेद नगरेको उल्लेख गरे । साथै सधैंभरि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।

उनले स्थानीय सरकारसंग समन्वय गर्दै अगाडि बढ्न पर्ने उल्लेख गर्दै दक्ष विद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने निजि विद्यालयलाई पनि स्थानीय सरकारले संगै जोड्दै लैजान पर्ने धारणा राखे ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालका उपाध्यक्ष कृष्ण अधिकारीकाे प्रमुख आतिथ्यता कार्यक्रम भएकाे हाे । कार्यक्रम लाई सम्बाेधन गर्दै उनले तलव भन्दा बढी मिहेनत र मिहेनत भन्दा बढी बिश्वास गरेर निजि विद्यालयका शिक्षकहरु काममा खट्ने गरेको दावी गरे । दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको निजि विद्यालयले उत्पादन गरेका विद्यार्थीहरुले अहिले पनि उच्च र प्रशंंसनिय कार्य गरिरहेको उनले बताए ।

कार्यक्रममा सांगठनिक प्रतिवेदन सचीव बुद्धिप्रसाद आचार्य र आर्थिक प्रतिवेदन प्याब्सनका कोषाध्यक्ष मदनकुमार सापकोटाले प्रस्तुत गरे । करिब २७ वटा निजि विद्यालय रहेको जिल्लामा १९ वटा विद्यालय प्याब्सनमा आबद्ध रहेको सचीव बुद्धिप्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय