BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक चौतारा – सिन्धुपाल्चोकको चौतारामा सोमबार सम्पन्न प्रथम प्रविण घले स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौताराले जितेको छ । बाह्रदेवी युवा क्लब बाह्रविसेलाई ३(२ गोल अन्तरले स्तब्ध पार्दै घरेलु क्लब चौताराले उपाधि हात पारेको हो ।

जिल्ला सदरमुकाम चौतारा रंगशालामा सोमबार सम्पन्न फाइनल खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रोयलका गोलकिपर नवीन सिलवालको उत्कृष्ट ले उपाधि रोयलको पक्षमा गयो । उनले टाइब्रेकरमा बाह्रदेवीका तीन खोलाडीको पेनाल्टी प्रहार बचाएका थिए । उनले राष्टिय टोलीका सदस्य सुरजज्यू ठकुरीसहितका पेनाल्टीलाई विफल तुल्याएका थिए ।

उपाधिसँगै बिजेता रोयल फेमिलीले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ हात पारेको छ । उपबिजेता बाह्रदेवीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।

यसअघि निर्धारित समयको खेलमा पनि सिलवालले विपक्षीका केही उत्कृष्ट प्रहार शानदार बचाउ गरेर टोलीको संकट टारेका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि पाएको अवसरमा चुक्दा बाह्रदेवी पेनाल्टीमा स्तब्ध बनेको हो ।

फाइनलमा म्यान अफ द म्याच प्रदर्शन गरेका रोयल फेमिलीकै सिलवाल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । रोयलकै सुनिल गोले उत्कृष्ट खेलाडी, शतिष सुवाल उत्कृष्ट डिफेन्डर चुनिँदा बाह्रदेवीका सुरजज्यू ठकुरी उत्कृष्ट मिडफिल्डर घोषित भए ।

मेलचौर युवा जागरण समाजका सुरज लामा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । क्वाटर फाइनलबाट बाहिरिए पनि उनले प्रतियोगितामा तीन गोल गरेका थिए । उत्कृष्ट खेलाडीले ट्रफीका साथ जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले विजयी टोली तथा खेलाडीहरुलाई ट्रफी, शिल्ड, मेडललगायत नगद पुरस्कार बितरण गरे ।

घले ल्होसारको अवसरमा लिल फङ ९घले समाज० सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न प्रतियोगितामा शीर्ष लिग र स्थानीय खेलाडी सहितको विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय