BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्रका बुहारीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नगर विकास योजना अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाद्वारा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत बुहारीहरुलाई छात्रवृत्ति उपलव्ध गराउन लागेको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै माघ ९ गतेभित्र नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा आवेदन दिन आग्रह गरेको छ । नगरपालिका भित्रका शैक्षिक संस्था र जलबीरे भ्यालि क्याम्पसमा अध्ययनरत बुहारीहरुले शीघ्र निवेदन दिन उपप्रमुख सीता थापाले आग्रह गरिन ।

थापाको अनुसार निवेदकले सम्वन्धित वडाको सिफारिस, नागरिकताको प्रतिलिफि विवहा दर्ता प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शैंक्षिक संस्था एवम् क्याम्पसको सिफारिस, प्रविणता र प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शैक्षिक संस्थाको भर्ना रसिद वा परीक्षामा सहभागि हुने प्रवेश पत्रको प्रतिलिपि र निवेदनसहित शाखामा आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय