BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । मेलम्ची नगरपालिकाले मेलम्ची बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थाई संरचना (भर्याङ, बार्दली, कौसी र सडक पेटी लगायत संरचना) हटाउन सम्बन्धीत घरधनीलाई आग्रह गरेको छ ।

मेलम्ची बजारको वडा नं ११ स्थित मेलम्ची खानेपानीको साइट कार्यालय देखि मेलम्ची बजार सहित होटल रिभर साइड इन सम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थाई संरचना हटाउन नगरपालिकाले ३५ दिने सुचना निकाल्दै अनुरोध गरेको हो ।

सूचनालाई बेवास्ता गरी सूचनाले तोकेको अस्थाई संरचना ३५ (पैंतीस) दिन भित्र नहटाईएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम प्रक्रिया अगाडी बढाउने र उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयंवाट सरकारी बाँकी सरह असुलउपर गरिने नगरपालिकाद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

मेलम्ची नगरपालिकालाई सुन्दर, फराकिलो र सौन्दर्ययुक्त बनाउनका गत पुष २६ गते बसेको कार्यपालिकाको निर्णय अनुसार आज मंगलबार वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र दिनप्रतिदिन कुरुप हुँदै गएको भन्दै यो सुचना जारी गरिएको जनाएको छ ।

हेर्नुहाेस सूचना :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय