BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चाैतारा । लोकतान्त्रिक बाम गठवन्धन सिन्धुपाल्चोकले आगामी राष्ट्रिय सभा निर्वाचनको सवालमा गठवन्धन दलको केन्द्रीय कार्य समितिले गरेको निर्देशनलाई अक्षरस पालना गर्ने निर्णय गरेको छ ।

मंगलबार विपि अध्ययन केन्द्र चौतारामा बसेको. बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठवन्धन दलका साझा उम्मेद्वारलाई जीताउन सबै तह तप्का सकृयका साथ लाग्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटा र जसपाका जिल्ला अध्यक्ष जगतबहादुर तामाङको उपस्थितिमा भएको बैठकले गठवन्धन दलका सम्पुर्ण उम्मेद्वाहरुलाई विजयी गराउन सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने निर्णय गरेको माओवादी केन्द्रका संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय