BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

न्याैपानेटार । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नम्बर ११ का सक्रिय युवाहरुले ” अब त र तिमी हैन,म र हामी “भन्ने मुल उदेश्यका साथ गाउँ, समाजका हरेक गतिविधिमा सहभागी जनाइ समुन्नत समाज निर्माणको लागि स्थापना भएको न्यौपानेटार युवा क्लब सामाजिक गतिविधिमा सक्रिय रुपमा लागेको छ ।

गाउँको विकास निर्माणमा क्लवका युवाहरु आफै उपस्थित भएर काम गर्छन् । विभिन्न समयमा वा चाडपर्वमा अनेकौं कार्यक्रम आयोजना गर्ने सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकामा रहेको न्यौपानेटार युवा क्लबले यस वर्ष पनि माघे संक्रान्तीको दिन पारेर दोश्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियोे  ‘स्वास्थ्यको ख्याल गरौं रक्तदान गरौं ‘भन्ने मूल नाराका साथ सुरु गरिएको रक्तदानमा ३०”जनाले रक्तदान गरेका थिए ।

” हामीले रक्तदान कार्यक्रम दोस्रो पटक आयोजना गरेका हौँ । गाउँ घरमा अहिले पनि रगत दिनु हुदैन भन्ने  मान्यता यदाकदा छ त्यो भएर गाउँमा नै रक्तदान गर्दा त्यसले समाजमा सकरात्मक सन्देश जाने र यो पुन्यको काम भएकोले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको क्लब अध्यक्ष जयराम न्यौपानेले जानकारी दिए ।

जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित रगतको महत्वबारे जानकारी गराउँदै उक्त कार्यक्रम सुरु गरिएको थियो । न्यौपानेटार युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटि भक्तपुरको प्राविधिक सहयोगमा रहेको थियोे ।

समापन कार्यक्रममा अध्यक्ष न्यौपानेले आगामी दिनहरूमा अझ उत्साहका साथ क्लब सामाजिक कार्यमा सरिक हुने बताए । रक्तदान कार्यक्रममा ईन्द्रावती ११ का वडा अध्यक्ष रामजी माझी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय