BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

उच्च अदालत पाटनले वरुण वेभरेजले कर छली गरेको ठहर गरेको छ । पेप्सी, मिरिन्डा, माउण्टेन ड्यु, स्लाइस र सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गर्दै आएको वरुण वेभरेजले नक्कली भ्याट बिल खरिदबिक्री गरेर राज्यलाई करोडौँ कर छली गरेको अदालतले ठहर गरेको हो ।

हरियाणा स्थायी ठेगाना भएको बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले नेपालमा सामान नै खरिद नगरी नक्कली भ्याट बिल मात्रै खरिद गरेर राज्यलाई करोडौँ रुपैयाँ कर छली गरेको अदालतको ठहर छ ।

कम्पनीका वित्त प्रमुखकै मिलेमतोमा ६७ करोड ८१ लाख ६४ हजार ५ सय ६१ रुपैयाँ कर छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले २०७६ पुष ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । पछि जिल्ला अदालत काठमाडौँले उक्त मुद्दा २०७६ फागुन ५ गते उच्च अदालत पठाउने आदेश दिएको थियो । त्यसको ४ वर्षपछि अर्थात गत पुष ३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले वरुण वेभरेजले नक्कली भ्याट बिलको खरिदबिक्री गरेर कर छली गरेका ठहर गरेको हो ।

त्यस्तै, उच्च अदालत पाटनले वरुण वेभरेजविरुद्ध २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ ५० पैसा बिगो कायम र १ करोड रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय