BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । बिनोद नेपाल स्मृति फाउण्डेसनले इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीका ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । बिहिबार एक कार्यक्रमका बिच फाउण्डेसनका सल्लाहकार तथा इन्द्रावती गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ र फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई सो छात्रवृत्ति सहयोग हस्तान्तरण गरेका हुन ।

कक्षा ९, १० र ११ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनरत ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेहरूमा कक्षा ११ का निरूता आचार्य र राजु दनुवार, कक्षा १० काे मानवी पुरी, कक्षा ९ काे हिमानी चालिसे र सन्दिप गिरी रहेका छन ।

फाउण्डेसनले ५ जनालाई स्टेसनरी वापत जनही ५००० समेत प्रदान गरेको छ । वर्षभरी निशुल्क पढ्न पुग्ने गरि कक्षा ९ का दुई विद्यार्थीलाई जनही १६ हजार ४ सय ५०, कक्षा १० का एक विद्यार्थी लाई १६ हजार ६ सय ५० र कक्षा ११ का दुई विद्यार्थीलाई जनही २४ हजारकाे दरले नगद प्रदान गरिएको हो । यश बर्ष प्रदान गरिएकाे छात्रवृत्ति तर्फ जम्मा ९७ हजार ५ सय ५० र स्टेशनरी बापत २५ हजार गरि १ लाख २२ हजार ५ सय ५० रहेकाे फाउण्डेसनकी काेषाध्यक्ष वृन्दा नेपालले जानकारी दिइन ।

बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय बिनोद नेपालको सम्झनामा तीन बर्षदेखि निरन्तर छात्रवृत्ति प्रदान गरिरहेकाे फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए ।

समाजसेवी डा. गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउण्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । हाल फाउण्डेसनले मेलम्ची नगरपालिकालाई केन्द्रविन्दुमा राखेर छात्रवृत्ति प्रदान गरिरहेकाे छ ।

फाउण्डेसनको उद्देश्यको बारेमा बताउँदै फाउण्डेसनका अध्यक्ष नेपालले धेरै इन्जिनियर उत्पादन गर्ने आफ्नाे लक्ष्य रहेकाे जानकारी दिए । फाउण्डेसनसँग आफ्नो रगत जोडिएको बताउँदै नेपालले कक्षा १२ पढेपछि विद्यार्थीले एउटा जागिर प्राप्त गर्न सकुन् भनेर यो कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने संस्थाका सचिव रोहिणी राज नेपालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा फाउण्डेसनका सल्लाहकार  वंशलाल तामाङले बिनाेद नेपाल स्मृति फाउण्डेसन असल नागरिक बनाउने मिसनमा रहेकाे बताए । दुखद घटनाबाट सृजित भएकाे छात्रवृत्तिकाे मिसन आफैमा महान रहेकाे तामाङकाे भनाई छ । विद्यार्थीहरू साक्षर हुन प्रयत्न गर्ने भन्दा पनि शिक्षित बन्ने प्रयत्न गर्नुपर्ने भनाई तामाङकाे थियाे । “खाडीमा कमाउने पैशा यहिँ कमाउन सकिन्छ भनेर चेतना अभिबृद्वि गर्न आवस्यक छ” तामाङले भने “प्राविधिक र ब्यवहारिक शिक्षा नभए सम्म देशमा युवाहरू बस्ने वातावरण बन्दैन” ।

कार्यक्रमका विशेष अतिथि समाजसेवी सागर कुमार श्रेष्ठले छात्रवृत्ति जस्ताे पवित्र काम अरू हुन नसक्ने धारणा राखे । डा. गंगादत्त नेपालकाे सिङ्गाे परिवार यश मिसनमा लागेकाे भन्दै श्रेष्ठले १ जना ब्यक्तिले चाह्याे भने सिंगाे समाज परिवर्तन गर्न सक्ने बताए । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई यसकाे सदुपयाेग गरेर इन्जिनियर बन्न र याे क्षेत्र र देशकै प्रतिष्ठा राख्न आग्रह गरे ।

फाउण्डेसनको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले फाउण्डेसनले प्रदान गरेकाे छात्रवृत्तिले विद्यार्थीकाे भविश्य उज्ज्वल बनाउन मद्दत गर्ने बताए । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा कन्जुस नगरेकाे भन्दै श्रेष्ठले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले विनाेद नेपालकाे सपना साकार पार्ने कुराकाे अपेक्षा विद्यार्थीसंग आफुले राखेकाे बताए ।

छात्रवृत्ति प्राप्त गरेपछि कक्षा ११ कि छात्रा निरूता आचार्यले आफ्नाे भनाई राख्दै आफु छात्रवृत्ति बाट उत्साहित भएकाे बताइन । विद्यार्थीहरू सबैलाई राम्राे पढेर भविश्य उज्ज्वल बनाउन आग्रह गर्दै आचार्यले याे छात्रवृत्तीले पढ्नकाे लागि हाैसला प्रदान गरेकाे बताइन ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता निश्चल गिरि, दिनेश चाैलागाई, सराेज बस्नेत लगायत पत्रकार, शिक्षक, विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे । छात्रवृत्ति वितरण कार्यक्रमकाे संचालन संस्थाकि काेषाध्यक्ष वृन्दा नेपालले गरेकि थिइन । कार्यक्रममा स्वागत मन्तव्य क्याराेल नेपालले राखेकि थिइन । फाउण्डेसनले छात्रवृत्ति बाहेक रक्तदान कार्यक्रम, वृद्वाश्रम तथा अनाथ बालिकाहरूलाई समेत सहयाेग गर्दै सामाजिक कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय