BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोकको २० औँ सम्मेलनले निश्चल संजेल को नेतृत्वमा ६५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचित अध्यक्ष तत्कालिन संगठनको जिल्ला सहसचिवको भुमिकामा रहेका थिए । संगठनको नेतृत्वका लागि संगठनका तत्कालिन उपाध्यक्ष हरि पौडेल, प्रविण चौलागाईं, दिपक दनुवार र सचिव सुबास गौतमको समेत दावि रहेको थियो ।

अध्यक्षमा संजेल संगै उपाध्यक्षमा प्रदिप पराजुली, सुदिप श्रेष्ठ र कमल न्यौपाने निर्वाचित भएका छन् । यस्तै सचिवमा चौताराका प्रल्हाद विश्वकर्मा निर्वाचित भएका छन् भने सह-सचिवमा उमेश लामिछाने, हितबहादुर तामाङ र रुपा न्यौपाने निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा मञ्जु नेपाल निर्वाचित भएकी छिन् ।

‘शिक्षा स्वास्थ्य रोजगारको लागी हाम्रो अभियान, सामाजिक न्याय सहित आर्थिक समृद्विको पक्षमा २० औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ जिल्लाको सदरमुकाम चौतारामा सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय