BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २७ औं बार्षिक साधारण सभा तथा ९ औँ जिल्ला अधिबेशन आगामी चैतमा हुने भएको छ ।

संघको शुक्रबार सदरमुकाम चौतारामा बसेको कार्यसमिति बैठकले चैत ९ र १० गते साधरण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशन मुख्य कार्यालय बाह्रबिसेमा गर्ने गरी मिति तोकिएको संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । उक्त अधिवेशनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

यसअघि संघको चौतारास्थित शाखा कार्यालयमा संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, प्रमुख मालपोत अधिकृत खेमराज उपाध्याय, प्रहरी नायव उपरीक्षक निरन्जन भट्टराई र आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनालाई स्वागत गरिएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै केन्द्रीय सदस्य बेदवहादुर श्रेष्ठले तातोपानी नाका संचालनको दायरा फराकिलो पार्न स्थानीय प्रशासन तथा राजनीतिक नेतृत्वले पहल लिनु पर्ने बताए । प्रजिअ आचार्यले जिल्लाबासिलाई छिटो र छरितो सेवा प्रदानमा आफु लागि पर्ने बताए । नाकाको समस्या समाधानको लागि प्रमुख जिल्ला अधिकारीको हैसियतले गर्न सकिने पहल कदमीमा लिने बताए ।

सोही अवसरमा संघले सरोकारवाला निकायबीच समसामयिक विषयमा छलफल गर्दै करदाता शिक्षा कार्यक्रमसमेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय