BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । ईन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । आज आइतवारको गाउँ सभाले २ विद्येयक संसाेधन सहित सर्वसम्मतीले पास गरेको छ ।

२०८० पाैष २६ गतेका लागि आव्हान गरिएकाे इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौं अधिवेशन स्थगित भएकाे थियाे ।

आज भएको गाउँसभाले शिक्षा ऐन पहिलो संसोधन विद्येयक २०८० र खेलकुद बिकास विद्येयक २०८० लाई सर्वसम्मतीले पास गरेको हो । यस्तै गाउँ सभाले बिनियोजन ऐन आर्थीक बर्ष २०८०÷०८१ को संसोधन प्रश्ताव योजना तथा कार्यक्रम संसोधन सम्बन्धि प्रश्ताव (रकमान्तर) समेत पास गरेको छ । यस्का साथै गाउँ सभाले ८ वटा कार्यविधि पास गरेको छ ।

शुन्य समयमा बोल्दै वडा सदस्य खिल प्रसाद आचार्यले अघिल्लो बैठक स्थगित हुनुको कारण माग गर्नुका साथै गाउँसभाका सदस्यहरुलाई टेवल माग गरेका थिए । साथै वडा सदस्य तिर्थबहादुर तामाङले पनि गाउँ सभा स्थगित हुनको कारण माग गरेका थिए । बिषयगत समितिको समय समयमा बैठक बस्नुपर्ने उनले सुझाव दिए ।

शुन्य समयमा गाउँसभाका सदस्यहरुको गुनासोलाई सम्बोधन गर्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावतीमा सत्तापक्ष र प्रतिपक्षी नभएको भन्दै सबै जनप्रतिनिधि समान भएको बताए । अघिल्लो गाउँ सभा गणपुरक सङ्ख्या नपुगेका कारण स्थगित भएको अध्यक्ष नेपालले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय