BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । कमी कमजोरी र त्रुटिलाई सच्याउँदै जानुको विकल्प नभएकाे ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल बताएका छन ।

काम गर्ने क्रममा कमी कमजोरी र त्रुटि हुने भएकाले कमजोरीलाई सच्याउदै जानुको विकल्प नरहेकाे नेपालकाे भनाई छ । आइतवार भएकाे इन्द्रावती गाउँपालिकाकाे दोस्रो गाउँ सभाको पाँचौं अधिवेशन काे शुन्य समयमा गाउँसभाका सदस्यहरुको गुनासोलाई सम्वाेधन गर्दै अध्यक्ष नेपालले इन्द्रावतीमा सत्तापक्ष र प्रतिपक्षी नभएको भन्दै सबै जनप्रतिनिधि समान भएको बताए ।

सत्तापक्ष र प्रतिपक्षी भन्नु मनोवैज्ञानिक असर भएको नेपालको भनाइ थियो । अघिल्लो गाँउ सभा गणपुरक सङ्ख्या नपुगेका कारण स्थगित भएको अध्यक्ष नेपालले स्पष्ट पारे । इन्द्रावतीलाई समृद्ध बनाउनका लागी र स्थानीयलाई लाभान्वित बनाउनका लागी सबैसँग बसेर छलफल गर्न आफु तयार रहेको उनले बताए ।

किसानलाई दुध उत्पादनमा लाग्न आग्रह गर्दै चिस्यान केन्द्र राख्नको लागी गाउँपालिका सकारात्मक रहेको जानकारी दिए । मल बिक्री वितरणमा आएको समस्या समाधान गर्नका लागी समेत नेपालले प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय