BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । ईलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकको आयोजनामा समुदाय प्रहरी साझेदारी विषयक जनप्रतिनिधि, व्यवसायी तथा स्थानीय नागरिकसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

आईतबार मेलम्चीमा प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थीतिहरुले नागरिकता बनाउँन झन्झट दुख दिने गरेको , मालपोत नापी कार्यलयमा सेवाग्राहीलाई दुख दिने गरेको ,एक वर्षदेखि चोरीका घट्ना भईरहदा सो  घट्नामा संलग्न व्यक्ति पत्ता लगाउँन प्रहरी असफल भएको गुनासो सुनाएका थिए । यस्तै जन्म दर्ता र विवाह दर्ता गर्दा प्रतिनिधिहरुले ध्यान दिनुपर्ने ,बाढीले बगाएको संरचनाको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव समेत  दिएका थिए  ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यलयका प्रमुख तथा एसपी बाल नरसिंह राणाले  सुरक्षाको सबै जिम्मेवारी प्रहरीले मात्रै लिन नसक्ने बताए । आम नागरिकको सुरक्षामा सबैले हातेमालो गर्दै साथसहयोग गर्नुपर्ने एसपी राणाको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । आफुले नागरिकता र पासपोर्ट लगायतका काममा सहज ढंगले सेवा दिने गरी कार्यलयलाई व्यवस्थीत गरिदिने प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय