BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । दिगो विकासका लागि प्राङगारिक कृषि अभियान भन्ने नाराका साथ मंगलवार पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ भोताङका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागीतामुलक गुणस्तर निर्धारण प्रणाली (पि.जि.एस) अन्तर्गत प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले अर्गानिक प्रमाणीकरणले गाउँपालिकालाई चिनाउन मद्दत पुग्ने बताए । प्लास्टिक मुक्त पालिका बनाउन समेत यस्ता कार्यक्रमले फाइदा लामाकाे भनाई छ । लामाले पालिकामा करिब १० प्रतिशत मात्र जग्गा बाँझो रहेको बताउदै अहिले निरन्तर किसानहरु कृषि पेशामा सक्रिय हुँदै गएकोमा खुशी व्यक्त गरे ।

वडा अध्यक्ष ङिमाछिरिङ तामाङले लोकल रुपमा उत्पादन भएको वस्तु अब देशब्यापी बनाउन आवस्यक रहेको बताए वडा अध्यक्ष तामाङले अन्तर्राष्ट्रिय स्तरमा यहाँको उत्पादन पुर्याउन संभव भएको भन्दै अहिले निरन्तरता दिँदै हरियो प्रमाणीकरण गर्ने दिन छिट्टै आउने बताए ।

प्रशिक्षक कपिल प्रजापतिले एक बर्ष भित्रमा पाएको यो उपलब्धीले खुशी लागेको बताए । उनले केहि अफ्ट्यारो भएपनि निरन्तरता दिएकोमा किसानलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको अवसरमा ४० जना किसानलाई अर्गानिक प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिनुका साथै सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा आर्सो नेपालले उपलब्ध गराएको टनेल किसानलाई वितरण गरिएको थियो । तालिमको प्रशिक्षक प्रजापति, राम्जी ढकाल, वडा कृषि प्राविधिक मनिष श्रेष्ठ, पशु सेवा प्राविधिक रविन ढुंगाना लगायतले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय