BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । हेलम्बु एजुकेसन एण्ड लाइभलिहुड पार्टनरसिप (हेल्प) ले मेलम्ची नगरपालिका -७ स्थित ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयका ११५ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

आज एक कार्यक्रमका विच हेल्पका अध्यक्ष जिमी लामाले ECD देखि कक्षा ५ सम्मका बिद्यार्थीलाई न्यानो कपडासंगै पुस्तकालयका लागि ७८ प्रकारका पुस्तक समेत प्रदान गरेका छन ।

पुष्तकालयका लागि विभिन्न शीर्षकका ७७ प्रकारका पुष्तकहरू प्राप्त गरेँ संगै शैक्षिक गुणस्तरमा सहयाेग पुग्ने विश्वास लिएकाे प्रधानाध्यापक धिरज श्रेष्ठले बताए । ‘हेल्प प्रति विद्यालय परिवार हार्दिक आभार प्रकट गर्दछ’, श्रेष्ठले भने ।

कार्यक्रम पश्चात् हेल्पले शिक्षकहरूसंग अन्तरक्रिया गरेकाे छ । आगामी दिनमा विद्यालयलाई थप शैक्षिक सहयाेग गर्दै जाने हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिए ।

विद्यालयका अध्यक्ष वीरबहादुर दाेङकाे पहल र वडाकाे सिफारिसमा HELP ले विद्यार्थीहरूलाई न्यानाे कपडा प्रदान गरेकाे विद्यालयले जनाएकाे छ । कार्यक्रममा मेलम्ची ७ का वडा अध्यक्ष पासाङ तामाङ, हेल्पका अध्यक्ष जिमी लामा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष विरबहादुर दोङ लगायतको उपस्थिती रहेको थियो ।

 

त्यस्तै आजै भैरवी आधारभुत बिद्यालय मेलम्ची ११ का  ४० जना विद्यार्थीलाई पनि झोला लगायत हाइजिन कीट लगायत सहयोग गरिएको अध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय