BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका स्थानीय वडावासीले चन्दा सङ्कलन गरेर पालिका स्तरीय १० शय्याको अस्पताल निर्माणका लागि ८ रोपनी जग्गा खरिद गरेका छन् ।

वडावासीले गच्छेअनुसारको चन्दा हालेर पालिकास्तरीय अस्पताल बनाउन जग्गा खरिद गरेको अभियानकर्ता रामकुमार रिसालले जानकारी दिए । उनका अनुसार स्थानीय कांग्रेस क्षेत्रीय प्रतिनिधि रुद्धनारायण तिमल्सिनाले ६ लाख ४० हजार, नेपाली कांग्रेसका नेता तथा समाजसेवी निमादोर्जे तामाङ (रामकुमार) ले ५ लाख, गोपाल न्यौपाने र नीराजन न्यौपानेले ३ लाख २० हजार, मेघनाथ तिमल्सिनाले १ लाख ६० हजार, कृष्णबहादुर बस्नेतले १ लाख ६० हजार चन्दा सहयोग गरेका हुन ।

त्यस्तै, टीकाराज कार्कीले ८० हजार, नोर्बु शेर्पाले ८० हजार, लाक्पा शेर्पाले ५० हजार ५७५, सूर्यनाथ न्यौपानेले ५० हजार, सुरत कार्की ४० हजार, रामकुमार रिसाल २० हजार, सुकुमान तामाङ २० हजार, धावा तामाङ २० हजार, मिलन तामाङ २० हजार, पदमबहादुर रिसाल २० हजार, भक्तनारायण रिसाल २० हजार, बुद्धिराज कार्की २० हजार, शिव कार्की २० हजार, खिकाप्रसाद ढुङ्गाना २० हजार, युवाखर सापकोटा २० हजार, शम्भु नेपाल २० हजार, प्रकाश न्यौपाने २० हजार, श्यामहरि अधिकारी २० हजार र बलराम नेपालले २० हजार चन्दा सहयोग गरेका छन ।

अन्य स्थानीय वडावासीले २० हजार भन्दामाथि चन्दा सहयोग गरेर प्रतिरोपनी ३ लाख २० हजारमा ८ रोपनी जग्गा खरिद गरिएको हाे । पालिका र स्वास्थ्य मन्त्रालयको समपूरक बजेटमा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढेको छ । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय