BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० मा आज दोस्रो आइतवार दिन ५ खेल भएका छन् ।

आज भएको समुह चरणको पहिलो खेलमा सिपाटार युथ क्लब इन्द्रावती ९ लाई २–१ गोलले हराउँदै आयोजकको सि टोली बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा डुमिनडाँडा युवा क्लब इन्द्रावती ७ लाई इन्द्रावती ५ ले २–० गोल अन्तरले हराएको छ । त्यस्तै प्रि क्वाटरफाइनको पहिलो खेलमा आयोजकको ए टिमले कलिका युथ क्लब इन्द्रावती ९ लाई ७–० गोलले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।

त्यस्तै आज भएको अन्य खेलमा इन्द्रावती ९ ले  इन्द्रावती ४ लाई ३–१ गोल अन्तरले र इन्द्रावती ३ सुर्यकोट किङलाई २–० गोल अन्तरले हराएको आयोजक संस्थाका अध्यक्ष सुवास तामाङले जानकारी दिए । साथै प्रि क्वार्टरफाइनलका बाँकी ५ खेल भोलि हुने पनि उनले जानकारी दिए ।

२१ टिम  सहभागी प्रतियोगिता खेल ६ दिन सम्म चल्ने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता नक आउट प्रकृयाबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियाेगिताकाे समापन १८ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय