BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

इन्द्रावती ५, इन्द्रावती १२ को ए टोली, आयोजक सृजनशील युवा समाज र इन्द्रावती ९ सेमिफाइनलमा पुगेका हुन् । यी टोलीले क्रमशः सिएन युवा क्लब इन्द्रावती ९, इन्द्रावती ३, इन्द्रावती ११ बि र इन्द्रावती ११ को ए टोलीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

आज भएको पहिलो खेलमा इन्द्रावती ५ ले सिएन युवा क्लब इन्द्रावती ९ लाई २-० गोल अन्तरले हराएको छ । दोस्रो खेलमा इन्द्रावती १२ को ए टोलीले ले इन्द्रावती ३ लाई २-० गोल अन्तरले र अर्को खेलमा आयोजक सृजनशील युवा समाजले इन्द्रावती ११ को बि टोलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै इन्द्रावती ९ ले इन्द्रावती ११ को ए टोलीलाई पेनाल्टी सुट आउटमा हराएको आयोजक संस्थाका सचिव राेहित भट्टराईले जानकारी दिए । निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि पेनाल्टी सुटमा धकेलिएको थियो ।

अब भोली इन्द्रावती १२ को ए टोली र आयोजक सृजनशील युवा समाज तथा इन्द्रावती ५ र इन्द्रावती ९ बिच फाइनल प्रवेशका लागी खेल हुने आयोजकले जानकारी दिएको छ ।

२१ टिम  सहभागी प्रतियोगिताको फाइनल खेल बिहीबार हुने र खेलको विजेताले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संस्थाका सल्लाहकार सदस्य अजय पुर्कुटिले बताए । त्यस्तै उपविजेताले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय