BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक इन्द्रावती सृजनशील समाजको ए टीमले उचालेको छ । आज भएको फाइनल खेलमा इन्द्रावती ५ लाई १–० गोलले पराजित गर्दै आयोजक ए ले उपाधि उचालेको हो ।

हिजो भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा इन्द्रावती ९ लाई ३–२ गोलले पाखा लगाउँदै इन्द्रावती ५ ले आयोजकको ए टोली सँगको फाइनल भेट पक्का गरेको थियो ।

२१ टिम सहभागी प्रतियोगिताको विजेता आयोजक ए ले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इन्द्रावती ५ ले ५० हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

समापन समारोहमा प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाले खेल र खेलाडीको विकासका लागि काम गरिरहेको जानकारी दिए । साथै खेलकुद विधेयकले यसमा थप सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र घिमिरेले सृजनशील युवा समाज खेल क्षेत्र र सामाजिक कामको नमुना बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकाय, कलाकारहरू तथा स्थानियको उपस्थितमा सम्पन्न भएको हो ।

आयोजक संस्थाले खेल आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था लगायत खेल मैदान निर्माणका लागि जग्गा दान गर्ने महानुभावहरूलाई पनि सम्मान गरेको संस्थाका सल्लाहकार मदन कुमार भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय