BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका ४ टाकुरेकाे आगलागी पिडितलाई इन्द्रावती गाउँपालिकाले ५० हजार सहयाेग गरेकाे छ ।

आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, गाउँपालिकाका इन्जिनियर राजाराम घाेरासैनी, लेखा अधिकृत भास्कर पन्त लगायतकाे उपस्थितिमा पिडित परिवारलाई ५० हजार नगद सहयाेग हस्तान्तरण गरिएकाे हाे ।

सहयाेग हस्तान्तरण गर्दै स्थानिय सरकारले थाेरै भएपनि मलम लगाउनुपर्छ भनेर सहयाेग रकम सहित पिडितकाे घरमा पुगेकाे गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए । गाउँमै बसेर केही गराैँ भन्ने मनाेभावनाले काम गरिरहेका रामकृष्ण गजुरेल काे घरमा भएकाे घटना प्रति गाउँपालिकाले दुख ब्यक्त गरेकाे उनले बताए ।

राहत सहयाेग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष झम्क नेपालले भने ‘हामीले ल्याएकाे राहत पर्याप्त त छैन तर गाउँपालिकाले केही सहयाेग गराैँ भनेर गरेका छाैँ’ । गाउँपालिकामा तत्कालै बिपद ब्यबस्थापन समितिकाे बैठक बस्ने उनले बताए । नयाँ घर निर्माण गरिदिनका लागि पहल कदम गर्न गाउँपालिका तयार रहेकाे उनले बताए ।

बिहान अन्दाजि ५ बजे गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । कुखुराकाे टहरामा भएकाे ग्याँस बुडर बाट आगाे सल्किएकाे अनुमान प्रहरीकाे छ । आगलागीका कारण अनुमानीत २३ लाख २७ हजार बराबरकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक कुमार चाैलागाईँले जानकारी दिए ।

आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे जलेर नश्ट भएकाे थियाे भने ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेर नश्ट भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय