BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिका वडा नं. ३ र ९ जोड्ने झ्याँडी खोला झोलुङ्गे पुलकाे उद्घाटन भएकाे छ । एक कार्यक्रमका बिच शुक्रवार गाउँपालिकाका अध्यक्ष झम्क नेपालले साे पुलकाे उद्घाटन गरेका हुन ।

नेपाल सरकार, इन्द्रावती गाउँपालिका र दातृ संस्था SWAP काे आर्थिक सहयाेगमा पुलकाे निर्माण गरिएकाे थियाे । सामाजिक तथा प्राविधिक सहयाेग CDECF ले गरेकाे थियाे । इन्द्रावती गाउँपालिकाको अथक प्रयास पश्चात मानव जीवनको दैनिकिलाई सहजता बनाउने योजनाका साथ झाेलुङ्गे पुलकाे निर्माण गरिएकाे अध्यक्षका स्वकिय सचिव सुनिल तामाङले जानकारी दिए ।

४७ मिटर लामाे झाेलुङ्गे पुलले इन्द्रावती गाउँपालिका वडा नं ३ र ९ लाई जाेड्ने र १०७५ घरधुरी लाभान्वित हुने गाउँपालिकाले जनाएकाे छ । पुल ३४ लाख ४० हजार मा निर्माण भएकाे हाे ।

उपभाेक्ता समिति र इन्द्रावती गाउँपालिका बिच झाेलुङ्गे पुल निर्माणकाे लागि २०७९ चैत्र २९ गते सम्झाैता भएकाे थियाे । पुल उद्घाटन कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, वडा नं ३ का अध्यक्ष भिमसेन थापा, वडा नं ९ का अध्यक्ष बाबुराम लामा, CDECF का अध्यक्ष रामजी थापा लगायत स्थानियहरूकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय