BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

टाकुरे, सिन्धुपाल्चाेक । नेकपा माओवादी केन्द्र इन्द्रावती गाउँपालिका वडा नं ४ ले टाकुरे आगलागी पिडितलाई ४५ हजार २ सय ५ रूपैयाँ सहयाेग हस्तान्तरण गरेकाे छ ।

शनिवार नेकपा माओवादी केन्द्र इन्द्रावती ४ का वडा कमिटि अध्यक्ष राजेश अधिकारी, वडा कमिटि सदस्यहरू, पालिका अध्यक्ष मान बहादुर श्रेष्ठ सहितकाे उपस्थितिमा साे रकम पिडित परिवारलाई हस्तान्तरण गरिएकाे हाे । कार्यक्रममा काेषाध्यक्ष आशिष लामा, स्थानिय युवाहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

 

विपदकाे घडिमा मलम पट्टि लगाउनुपर्छ भनेर नेकपा माओवादि केन्द्र इन्द्रावती ४ काे पहल र दयालु भावना भएका युवाहरू बाट रकम जुटाइएकाे वडा कमिटि अध्यक्ष राजेश अधिकारीले जानकारी दिए । ‘समुदायमा दु:ख पर्दा एकले अर्कालाई सहयाेग गराैँ’, उनले भने ।

राहत हस्तान्तरण पश्चात् सामाजिक सञ्जालमा स्टाटस पाेस्ट गर्दै युवा समाजसेवि प्रकाश खनालले सम्पुर्ण साथि भाई इष्टमित्र हरुमा आफुले सकेको सहयोग गरिदिन समेत अपिल गरेका छन ।

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागी बाट १ हजार कुखुरा सहितकाे टहराे जलेर नश्ट भएकाे थियाे भने ४ काेठाकाे घर र घरमा रहेका सामानहरू जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय