BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु । स्वास्थ्य अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता’, भन्ने मूल नाराका साथ पाँचौँ हेलम्बु खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

न्यु राइजिङ युवा क्लबको आयोजनामा २६  गते सम्म  फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद बिभागका संयोजक छिरिङ लामा ह्योल्मोले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै ह्योल्मोले खेलाडी उत्पादनका लागी गाउँपालिकाले खेलकुदमा लगानी गरिरहेको उल्लेख गर्दै आगामी दिनमा खेलाडी उत्पादन हुने कुरामा पालिका आशावादी रहेको बताए । उनले अहिले देखीनै खेलाडी उत्पादन गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने बताए ।

प्रतियोगितामा ८ वटा टिम सहभागी रहेको न्यु राइजिङ युवा क्लबका अध्यक्ष सुनिल दोङ तामाङले बताए । खेल राइजिङ खेल मैदान गणेश बगरमा हुने छ ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख पुरस्कार प्राप्त गर्नेछन । त्यस्तै द्वितीय हुनेले ५० हजार प्राप्त गर्नेछन् । ल्लोछार पर्वको अवसरमा २६ गते  सांस्कृतिक कार्यक्रम पनि हुने अध्यक्ष तामाङले बताए । प्रतियोगिताको संरक्षक हेलम्बु गाउँपालिका रहेको छ । कार्यक्रममा कार्यपालिका सदस्य सोमो लामा लगायत स्थानीय खेलप्रेमी हरुको उपस्थिति रहेको थियो । अहिले न्यु राइजिङ ए र इचोक युवाक्लव बिचको खेल जारि छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय