BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

दुवाचाैर, सिन्धुपाल्चाेक । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद  भन्ने मुल नाराका साथ मेलम्ची -७ दुवाचौरमा जिल्ला वडा  स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । मेलम्ची-७ का वडा अध्यक्ष पासाङ तामाङले प्रतियोगिताको उद्घाटन गरे ।

योङ स्टार युवा क्लव मेलम्ची -७ दुवाचौरको आयोजना भएको प्रतियोगितामा जिल्लाका १७ टिम सहभागी रहेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । प्रतियोगिता २२ गते सम्म चल्ने छ ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार , दोस्रो ३० हजार  तेस्रो १५ हजार र चौथो हुनेले ५ हजार नगद सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा जुगल गाउँपालिका -४  ले मेलम्ची -१२ लाई सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा मेलम्ची ७ सेल्लेले  मेलम्ची ८  लाई पराजित  गरेको छ भने तेस्रो खेलमा मेलम्ची २ ले न्यू फेस मेलम्ची ७ लाई पराजित गरेको छ ।

त्यस्तै मेलम्ची ९ ले  जलबिरेलाई पराजित गरेको छ अर्को खेलमा  मेलम्ची ११ लाई जुगल ६ ले पराजित गरेको छ त्यस्तै  हेलम्बु ५ ले  मेलम्ची ६  लाई पराजित गरेको छ ।आजको अन्तिम खेलमा आयोजक योङ स्टार युवा क्लवले  सृजनशिल युवा क्ल्व छाप बि लाई पराजित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय