BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची, सिन्धुपाल्चाेक । रास्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेले २१ वटा गाग्री हस्तान्तरण गर्दै आज मेलम्ची खानेपानी आयोजनाको लागी दबाब यात्रा शुभारम्भ गरे । घण्ट बजाएर कार्यक्रमको उद्घाटन गर्दै लामिछानेले यहाँका समस्या समाधानका लागी संसदमा ध्यानाकर्षण गराउने बताए ।

जनतालाई सुख दिने र नेतालाई जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउँदै सभापति लामिछानेले भनेर हैन गरेर देखाउने भएकाले आफैं यो अभियानमा होमिएको प्रष्ट पारे । हिजोको रातो क्रान्तिमा रगत बग्यो अब निलो क्रान्ति हरुमा पसिना बगाउने अभियानको सुरुवात भएको समेत उनले बताए ।

कार्यक्रममा सांसद स्वर्णिम वाग्लेले भोलि देखी संंसद अधिवेशन सुरुहुने भएकाले जनताको आवाज रास्वपाले त्यहीँ गएर बोल्ने बताए । सदनमा खराब कानुनका बारेमा लड्ने र सडकमा खराब आयोजनाका बारेमा बोल्ने उनले बताए । रुग्ण आयोजनालाई सम्पन्न गर्नका लागी यो दबाब मुलुक अभियान सफल हुने वाग्लेले जानकारी दिए ।

मेलम्ची २०४७ साल देखी सुरुभएको आयोजना मेलम्ची खानेपानी अहिले सम्म सम्पन्न नहुनुले भ्रष्टाचारको जननी भएको र कुशासनले जगडिएको वाग्लेले दावी गरे । देशमा नियुक्ति किनबेच गरेर, कागज मिलाएर गरिने नितिगत भ्रष्टाचार र निर्माण व्यवसायमा गरिने भ्रष्टाचारका कारण अहिले देशमा लुटतन्त्र मच्चीएको उनकाे भनाई छ ।

आजको दबाब यात्राको नेतृ सांसद सोवीता गौतमले शान्तिपुर्ण दबाब यात्रालाई साथ दिनका लागी सिन्धुपाल्चोक वासिमा आह्वान गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय