BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

टाकुरे । मेलम्चीका मासु तथा दाना चल्ला ब्यबसायीहरूले टाकुरे आगलागी पिडितलाई आर्थिक सहयाेग गरेका छन । ७ जना ब्यबसायीहरूले मंगलवार पिडित परिवारलाई सहयाेग गरेका हुन ।

विश्वराम मासु पसलका विश्वराम खड्का, भान्जा मिटसपका गाेकुल खड्का, मेलम्ची नाेवेल भेटेरीनरीका सुदिप धिताल, सिन्धु भेट फर्माका नवीन अधिकारी, मनाेज मिट मार्टका मनाेज अधिकारी, J एण्ड G काेल्ड स्टाेरका प्रकाश घाेरासैनी  र कृषि तथा कुखुरा पशु दाना बिक्री वितरण का कृष्ण बहादुर बाेगटी बाट संकलित जनहि ५,५ हजार सहयाेग रकम पिडित परिवारलाई हस्तान्तरण गरिएकाे व्यवसायी मनाेज अधिकारीले जानकारी दिए ।

एक ब्यबसायीलाई दु:ख पर्दा अर्का ब्यबसायीले सहयाेग गर्नुपर्ने सिन्धु भेट फर्माका नवीन अधिकारीले बताए । क्षतिले भएकाे पिडामा मलम पट्टि लगाउने उद्देश्यका साथ ब्यबसायीहरूबाट संकलित रकम ३५,००० पिडित परिवारलाई सहयाेग गरिएकाे अधिकारीले जानकारी दिए ।

ब्यबसायीहरूकाे सहयाेग रकम बुझ्दै आगलागी पिडित रामकृष्ण गजुरेलले आफु सुन्यमा भएकाे बेला सहयाेग प्राप्त गरेकाे भन्दै खु:सी ब्यक्त गरे । ‘म सुन्यमा भएकाे बेला मलाई सहयाेग गर्नुभएकाे छ । म मात्रै रहेनछु भन्ने लागेकाे छ’, गजुरेलले भने ।

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का सावित्री गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय