BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर, सिन्धुपाल्चाेक । समाजसेवी दयाकुमारी मिश्रकाे पहलमा इन्द्रावती ४ टाकुरेका आगलागी पिडितलाई आर्थिक साथै लत्ताकपडा सहयाेग गरिएकाे छ ।

बालादेवि कालिकादेवि मन्दिर संरक्षण समितिका अध्यक्ष मिश्रकाे पहलमा आर्थिक सहयाेग गरिएकाे हाे । समितिका अध्यक्ष दयाकुमारी मिश्र लगायत १७ जनाले २२ हजार ५ सय ६० रूपैयाँ आर्थिक सहयाेग संकलन गरि पिडितलाई सहयाेग गरिएकाे हाे ।

सहयाेग गर्नेहरूमा दया कुमारी मिश्र ५०५५, गिता मिश्र ५०००, हरि दाहाल २०००, थरेन्द्र मिश्र १००५, धन बहादुर तामाङ १०००, गाेविन्द खनाल १०००, मुक्तिनाथ भट्टराई १०००, विदुर काफ्ले १०००, राम प्रसाद काफ्ले १०००, मिठ्ठु काफ्ले १०००, बिष्णु प्रसाद भट्टराई ५००, नाेदनाथ मिश्र ५००, बिष्णु प्रसाद आचार्य ५००, शिव प्रसाद आचार्य ५००, भवानी मिश्र ५००, खड्गकुमारी काफ्ले ५०० र भगवती आचार्य ५०० रहेकाे छ ।

आगलागी पिडित रामकृष्ण गजुरेललाई सहयाेग हस्तान्तरण गर्दै दु:ख पिडामा मलम लगाउनकाे लागि सहयाेग गरिएकाे मिश्रले बताइन । ‘उहाँहरूलाई परेकाे पिडामा हामीले सहयाेग गर्नुपर्छ भन्ने भावनाले सहयाेग गरेका छाैँ’, उनले भनिन ।

पिडितलाई रकम संगै लत्ता कपडा समेत सहयाेग गरिएकाे छ । मिश्रकाे पहलमा ढकाल फेन्सी स्टोर मेलम्चीका प्रोपाइटर रामहरी ढकाल र न्यु फेन्सी स्टोरका प्रोपाइटर गणेश ढकाल बाट टाकुरे आगलागि पिडित साबित्री गजुरेल परिवारलाई लत्ता कपडा सहयोग गरिएकाे हाे ।

सहयाेग रकम र लत्ता कपडा बुझ्दै पिडित रामकृष्ण गजुरेलले अब व्यवसायमा फर्कन सक्ने वातावरण खाेजिरहेकाे बताए । ध्वस्त भएका घर र टहरा पुननिर्माणकाे लागि संघ संस्था र व्यवसायीहरूमा सहयाेगकाे लागि समेत गजुरेलले अनुराेध गरे ।

शुक्रवार बिहान अन्दाजि ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलकाे घरसंगै रहेकाे कुखुराकाे टहराेबाट आगाे लागेकाे र टहरा सहित घर जलेर नश्ट भएकाे थियाे । आगलागीका कारण अनुमानीत ३५ लाख बराबरकाे क्षति भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय