BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको सुकुटेमा हिजो वेलुकी भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका—६ नाम्दुका २० वर्षीय प्रज्जवल तामाङको मृत्यु भएको हो । काठमाडौंबाट दोलखातर्फ जाँदै गरेको स्कुटीलाई बिपरित दिशावाट आउँदै गरेको गाडीले ठक्कर दिएकाे थियाे ।

योद्धा गाडीले स्कुटीलाई ठक्कर दिँदागम्भीर घाइते भएका तामाङलाई उपचारका लागि धुलिखेल लैजादै गर्दा वीच बाटोमै मृत्यु भएको थियो । गाडीको ठक्करवाट गम्भीर घाइते भएका युवकलाई अरु गाडीमा सवार यात्रुहरुले उद्धार गरी धुलिखेल अस्पताल पुर्याएका थिए ।

स्कुटीमा सवार उदयपुरको गाइघाट बस्ने युवती २० वर्षीया निलु राई पनि घाइते भएकी छिन् । उनको शरीरको बिभिन्न भागमा चोट लागेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सुकुटेवाट काठमाडौंतर्फ जाँदै गरेको बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले हिजो वेलुकीकरिव ७ बजे काठमाडौंवाट दोलखातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटर र बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा तीन जना घाइते भएकामध्ये प्रज्वलको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका १ का ५२ वर्षीय थपबहादुर कार्की पनि घाइते भएका छन् । दुर्घटनापछि योद्धा गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय