BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

क्याैरानी, सिन्धुपाल्चाेक । महँगाे विद्यालयमा पढाउँदैमा शिक्षा राम्राे नहुँने बागमती प्रदेसका सांसद कृष्ण कुमार तामाङले बताएका छन ।

श्री जलवाई देवी माध्यमिक विद्यालय मेलम्ची ८ क्याैरानीकाे ५० औँ स्थापना दिवस, ४९ औँ बार्षिकाेत्सव तथा २१ औँ अभिभावक भेलालाई सम्बाेधन गर्दै उनले पैशा महँगाे हाल्दैमा राम्राे शिक्षा नहुने धारणा राखे ।

अभिभावकले घरमा दिएकाे शिक्षाले मात्र बालबालिकाकाे शैक्षिक गुणस्तर राम्राे हुने उनले बताए । ‘एक दिनकाे मेला छाडेर भएपनि बालबालिकालाई घरमा समय दिनुस’, अभिभावक माझ उनले भने ‘त्यसपछि मात्र तपाईकाे बालबालिकाले राम्राे शिक्षा पाउँछ’ ।

आफ्नाे बालबालिका कतिबेला विद्यालय पुग्याे र कति बेला घर आयाे त्यसकाे खाजी गर्न जरूरी रहेकाे तामाङले बताए । निजि विद्यालयमा पढाउँदा दिएकाे जस्ताे चासाे सरकारीमा पढाउँदा पनि दिनकाे लागि अभिभावक माझ उनले आग्रह गरे ।

जलवाई देवी माध्यमिक विद्यालयकाे पहिराे नियन्त्रण र घेरावार गर्नकाे लागि समेत तामाङले प्रतिवद्वता व्यक्त गरे । एक विद्यालय एक नर्स अन्तर्गत यस विद्यालयमा नर्श पठाउनकाे लागि पहल गर्ने उनले प्रथिवद्वता व्यक्त गरे ।

मेलम्ची नगरपालिका वडा नं ८ क्याैरानीमा यस बर्ष २ कराेड ५० लाख प्रदेश सरकारबाट पठाएकाे उनले जानकारी दिए । ‘अब यहाँकाे मेरूदण्डकाे याेजना पठाउनुस म बजेट विनियाेजन गर्न पहल गर्छु’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय