BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

तालामाराङ, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाका निवर्तमान नगर प्रमुख डम्बर बहादुर अर्यालले तेर्से माध्यमिक विद्यालय नमुना विद्यालय भएकाले वरिपरिका विद्यालयहरुले यस विद्यालयकाे अनुशरण गर्नुपर्ने बताएका छन ।

अनुगमन भनेर काठमाडौ लगायतका विद्यालयमा जानभन्दा तेर्से माध्यमिक विद्यालयमा आएर यहाँको गतिविधि नियाल्न उनले आग्रह गरे । मेलम्ची ६ स्थित तेर्से माध्यमिक विद्यालयको ३३ औं वार्षिकोत्सव समारोहमा मन्तव्य राख्दै अर्यालले असल नेतृत्व निर्माण गर्न सक्यो भने विद्यालयहरुमा आमुल परिवर्तन ल्याउन सकिने धारणा राखे ।

‘हामीले शिक्षामा जुन ढंगले परिवर्तन गर्ने भन्ने सोच बनाएका छौं त्यहीँ अनुसार प्रतिफल हासिल गर्नका लागी सोच्नपर्ने बेला भइसकेको छ’, उनले भने ‘शिक्षक, अभिभावक र जनप्रतिनिधिले यस बारेमा चासो र चिन्ता व्यक्त गर्नुपर्छ । आगामी पुस्ताहरुले विद्यालय संरक्षणमा उल्लेख्य भुमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय