BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

तालामाराङ, सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाकाे शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनकाे लागि शिक्षा क्षेत्रकाे गुरूयाेजना बनाउने तयारी भईरहेकाे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताएका छन ।

तेर्से माध्यमिक विद्यालयकाे ३३ औं बार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै नगर प्रमुख तामाङले शिक्षा क्षेत्रमा नगरपालिकाले सबैभन्दा धेरै बजेट विनियाेजन गरेकाे बताए । विद्यार्थी संख्या कम रहेका विद्यालयहरू मर्ज गर्ने तयारी भईरहेकाे समेत उनले जानकारी दिए ।

पालिकाले स्थानिय पाठ्यक्रम सुरू गरिसकेकाे तामाङले जानकारी दिए । नगरपालिकाले शैक्षिक कार्यक्रम निर्माण गर्दा सबै शिक्षकहरू संग सल्लाह गरेर जाने समेत तामाङले बताए । ‘शिक्षक दरबन्दीकाे विषयमा निश्चित मापदण्ड र कार्यविधि बनाएर अघि बढिरहेका छाैँ । भाैतिक पुर्वाधार, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तरकाे काम नगरपालिकाले गरिरहेकाे छ’, उनले भने ।

नगरपालिकाले निजि श्राेतबाट कक्षा १० सम्म दिवा खाजाकाे व्यावस्था गरिरहेकाे बताउँदै अभिभावककाे माग अनुसार कक्षा १२ सम्म दिवा खाजाकाे व्यावस्थापनकाे तयारीका लागि छलफल भईरहेकाे नगर प्रमुख तामाङकाे भनाई छ ।

गुणस्तरीय शिक्षाको लागि निजि विद्यालयलाई पाखा लगाउन सक्ने विद्यालय तेर्से मावि रहेपनि अझै पर्याप्त  नरहेकाे तामाङले बताए । अघिल्लो बर्ष तेर्से मावि प्राङ्गणमा ब्लक बिछ्याउनुका साथै खाेलाबाट बचाउन सहयाेग गरेकाे बताउँदै तेर्से माविलाई शंरक्षण गर्न र दरबन्दी परिपुर्तिका लागि पालिकाले सक्दाे सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय