सिन्धुपाल्चोकको बलेफि ६ मा रहेको श्री कूपकन्या माविलाई स्थानीय तथा पूर्वशिक्षक विष्णु प्रसाद आचार्यले ६ लाख आर्थिक सहयोग गरेका छन् ।
६५औं वार्षिकोत्सवको अवसरमा आज आचार्यले पुस्तकालय निर्माणका लागि ६ लाख आर्थिक सहयोग गरेका हुन् । आफ्नो स्वर्गीय छोरा पुष्कर आचार्यको नाममा पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेको आचार्यले जानकारी दिए ।

उनले लामो समय उक्त विद्यालयमा अध्यापन गरेका थिए ।
