BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्षमा अनिल सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौँको पेप्सिकोलास्थित सान बैँकेटमा शुक्रवार (आज) भएको दोश्रो अधिवेशनबाट सापकोटा अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि राष्ट्रिय युवा संघ नेपालमा आबद्ध रहेका सापकोटा यसअघि सह-संयोजकको भूमिकामा थिए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण हरि केसीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा बुद्ध तामाङ, सचिवमा रोजन श्रेष्ठ, सह सचिवमा गजेन्द्र गुरुङ, सह सचिवमा शशिला बस्नेत, कोषाध्यक्षमा रामेश्वर सिग्देल चयन गरेको छ ।

त्यस्तै सदस्यहरूमा समीर श्रेष्ठ, श्री कृष्ण कार्की, सुरज श्रेष्ठ, देश पाख्रिन, रूपेश श्रेष्ठ, छेवाङ नुर्पु शेर्पा, चिरञ्जीवी कार्की, दिपक कार्की, सुनिल खतिवडा, लक्ष्मण दुलाल र सुस्मिता शेर्पा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय